Home » » अस्ट्रेलियामा संगठित हुँदै मेचीनगरवासीहरु

अस्ट्रेलियामा संगठित हुँदै मेचीनगरवासीहरु


सेप्टेम्बर ३ , सिड्नी l 
नेपालको सुदुर पूर्वी झापाको मेचीनगर नगरपालिका क्षेत्रबाट विभिन्न समयमा अस्ट्रेलियामा आइ बसोबासगर्दै रहेका मेचीनगरवासीहरु अस्ट्रेलियामा संगठित हुने भएका छन्  | गत सेप्टेम्बर ३ तारिखका दिन सिड्नीको टेम्पी पार्कमा बृहत बारबिक्यु सहित मेचीनगर क्षेत्रबाट सिड्नीको विभिन्न क्षेत्रमा बसोबास गर्ने मेचीनगरवासीहरु परिचयात्मक भेलामा सहभागी भएका थिए | उक्त भेलाले अब चाडै नै एक तदर्थ समिति गठन गर्ने र नेपालमा आफ्नो क्षेत्रम के कस्तो योगदान गर्न सकिन्छ भन्ने बिसयमा छलफल चलाएको थियो |
उक्त भेलामा सहभागीहरुले अत्यन्तै उत्साहपुर्वक आफ्ना-आफ्ना योजनाहरु, आफुले यहाँ प्राप्त गरेका सीप, अनुभव  र आफ्नो योग्यतालाई कसरी प्रभावकारी ढंगले आफ्नो मातृभूमिमा प्रबर्धन गर्न सकिन्छ भन्ने बिसयमा घनिभूत छलफल गरेको थियो |
भेलामा हाल अस्ट्रेलिया भ्रमणमा रहनु भएका मेचीनगरका दिग्गज समाजसेवी ताराबीर  कटुवाल, धुलाबारी माध्यमिक बिद्यालयमा लामो समयसम्म प्रधानाध्यापक भइ सेवा गर्नु भएका अग्रज शिक्ष्यक एबम समाजसेवी    मोहनकुमार खड्का, दुर्गा पनेरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो भने  मेचीनगरका प्रतिभावान गायक बादल प्रसाई, करातेका फुर्बा लामा  समेत उक्त भेलामा सहभागी हुनु भएको थियो | 
राकेश निरौलाको संचालनमा भएको उक्त कार्यक्रममा आयोजक मध्येका रोहित खड्काले अब छिट्टै नै एक तदर्थ समिति गठन गरी मेचीनगर क्षेत्रबाट अस्ट्रेलियाको विभिन्न ठाउँमा बसोबास गर्ने मेचीनगरबसीहरुको व्यापक सहभागिता हुनेगरी "मेचीनगर साँझ" कार्यक्रम भब्य रुपमा अयोजना  गर्ने र मेचीनगर समाजको क्रियाशीलतालाई अझ बिस्तृत र संगठित गर्ने बताउनु भयो | समाजसेवी तराबीर कटुवालले आफ्नो विचार ब्यक्त गर्ने क्रममा भेला आयोजकलाई बिसेष धन्यबाद दिंदै यहाबाट मेचीनगर क्षेत्रमा हुने कुनैपनि सामाजिक कार्यलाई स्वागत गर्दै आफुले जे जस्तो सहयोग र समन्वय गर्न सकिन्छ आफु तदारुकताका साथ लागिपर्ने बताउनु भयो | व्यक्ति एक्लैले मात्र केहि गर्न नसकिने र सबै संगठित भइ सामुहिक रुपमा हातेमालो गर्दै जाने हो भने विभिन्न उपलब्धिमुलक र प्रभावकारी सामाजिक कार्य गर्न सकिने कुरा सहभागी मध्येका टेकेन्द्र पौडेलले बताउनुभयो | यसै क्रममा आयोजकहरु प्रज्ञान श्रेष्ठ, दिपेश खनाल, सुवाश सिटौला, राजेन्द्र मैनाली, फुर्बा लामा, युनेस आचार्य लगायत सहभागीहरुले आफ्ना बिचारहरु राख्नु भएको थियो |

कार्यक्रमलाई सफल बनाउनको निम्ति काठमाडौँ ट्रेडर्स कि गुन्जा आचार्यले विभिन्न खाद्य सामग्रीहरु निशुल्क उपलब्ध गराउनु भएको थियो भने सहभागीहरुले उक्त कार्यको मुक्ताकंठले प्रसंसा गरेका थिए |

0 comments to "अस्ट्रेलियामा संगठित हुँदै मेचीनगरवासीहरु"

Leave a comment